२४ जेष्ठ २०८३, आइतबार

नारीहरुको प्रगतिका लागि योगदान आवश्यक : प्रदेश प्रमुख शर्मा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २५ फागुन । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सबै नारीहरुको आर्थिक, सामाजिक, शैक्षिक,राजनीतिक तथा विकासका समग्र आयामहरुमा प्रगतिका लागि सम्पूर्णको समान सहभागिता तथा योगदान आवश्यक पर्ने बताउनुभएको छ । प्रमुख शर्माले शुक्रबार मनाउँदै गरिएको ११४ औं नारी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो बताउनुभएको हो ।

आज मार्च ८ का दिन विश्वभर ‘‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’’ भन्ने नाराका नारी दिवस मनाइँदैछ । ‘११४ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण नेपाली नारीहरुमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ प्रमुख शर्माको शुभकामना सन्देशमा भनिएको छ ।

प्रमुख शर्माले यो दिवसले नारीहरुको सशक्तिकरणमा पाइला अगाडी बढाई राख्न अभिप्रेरित गरोस् भन्नुभएको छ । ‘यो दिवसले हामी सबैलाई नारी हकहितका पक्षमा लाग्दै उनीहरुको सशक्तीकरणमा दिगो र दरिलो पाइला अगाडी बढाइ राख्न अभिप्रेरित गरोस् ।’ प्रमुखको भनाई छ ।

महिलाको हकलाई हाम्रो देशको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको भन्दै प्रमुख शर्माले संवैधानिक व्यवस्था बमोजिम महिलाका अधिकार राज्यका विभिन्न निकायहरुमा अहिले कार्यान्वयन भइरहेको पनि सन्देशमा उल्लेख गर्नुभएको छ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाभित्र अधिकार सम्पन्न भएका महिलाहरु आफ्नो अधिकार स्वतन्त्रतापूर्वक उपभोग गरिरहेका छन् ।’ प्रमुखको सन्देशमा छ, ‘यो हाम्रो व्यवस्थामा प्राप्त गरिएको महत्वपूर्ण उपलब्धि हो ।’ प्रमुखले कतिपय अवस्थामा पितृसत्तात्मक सोचका कारण समाजमा महिलामाथि बेलाबखत हुने अन्याय अन्त्य हामी सबैको दायित्वभित्र पर्ने पनि उल्लेख गर्नुभएको छ ।