१० असार २०८३, बुधबार

कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिक भएपनि मुख्यतया देशभरको मौसम सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।

शुक्रबार दिउँसो पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद्हरुले जनाएका छन् ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थान भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।