२८ असार २०८३, आइतबार

मकवानपुरमा विवाहमा गएका युवक मृत फेला

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २५ फागुन । मकवानपुरको राक्सिराङमा एक युवक मृत फेला परेका छन् ।

राक्सिराङ गाउँपालिका-५ चुरीडाँडा बस्ने जोगलाल प्रजाको छोरा २८ वर्षीय सोमलाल प्रजा सोही वडाको टङरङमा मृत फेला परेका हुन् ।

सोमलाल बुधबार टङरङ बस्ने रिमलाल प्रजाको घरमा विवाहमा गएका थिए ।

रिमलालको घरदेखि दक्षिणतर्फ रहेको बाख्राको खोर छेउमा सोमलाल बिहीबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।