आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : प्रचण्ड टाढिनुमा काँग्रेसको धोका र शंकास्पद गतिविधि, भेटिएनन् जीबी !

दैनिक नेपाल २०८० फागुन २४ गते २१:१०

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेससँग गठबन्धन टुटाउनुको कारण कांग्रेस महासमिति बैठक भएको स्पष्ट पार्नुभएको छ ।

बिहीबार प्रतिनिधि सभामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक सत्ता फेरबदलको कारण कोशी प्रदेशको निर्वाचन, राष्ट्रिय सभा सदस्य चयन तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको अन्तरघात, कांग्रेस महासमिति बैठकमा गठबन्धनको निन्दा र माओवादी जनयुद्धलाई कांग्रेसले विद्रुपीकरण गरेको आरोप लगाउँदै त्यसलाई माओवादीले सहन नसकेको बताउनुभएको हो ।

‘कांग्रेस महासमिति बैठकमा गठबन्धनको निन्दा गरियो, निर्वाचन आउन चारवर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरुमाथि अनावश्यक र बेमौसमको मानमर्दन राजनीतिक मान्न सकिएन’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित