१९ असार २०८३, शुक्रबार

वीरगंजका मेयर सिंहसहित चारजनाविरूद्व सरकारी कागजात कीर्ते आरोपमा उजुरी

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित तीनजना विरूद्व प्रहरीमा उजुरी परेको छ ।

सरकारी कागजात कीर्ते गरेको आरोपमा लियाकत अलीले जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहसहित रुबिना श्रेष्ठ, रिता भट्टराई र भिखारी राय विरूद्व उजुरी दिनुभएको हो ।

जाहेरीमा मेयर सिंहले अर्काकी छोरीलाई बाबु बनेर नागरिकता बनाइदिएको उल्लेख छ ।

साथै, सोही नागरिकता बनाउन उहाँले जन्मदर्ता, सिफारिस लगायतको कागजात कीर्ते बनाएर नागरिकता बनाई दिएको उल्लेख गरिएको छ ।