२४ असार २०८३, बुधबार

सरकारको प्रवक्तामा मन्त्री शर्मालाई निरन्तरता

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको नवगठित मन्त्रिपरिषद्को बैठकले मन्त्री शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो ।

साथै संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वमेन (सीएसडब्लु)को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीलाई स्वीकृति दिने पनि निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वमेन (सीएसडब्लु)को ६८ औं सत्रमा भाग लिन माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय भएको छ ।’