१८ असार २०८३, बिहिबार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

11.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । निरन्तर बढ्दै आएको सुनको मूल्यले आज (बिहीबार) हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

बुधबार पाँच सयले बढेर तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामै १५ सयले बढेको छ ।

बिहीबार छापावाला सुन तोलाको १ लाख २५ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन १ लाख २४ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्यमा पनि आज एकैदिन ३० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा झरेको चाँदी आज १ हजार ४ सय ७० रुपैयाँ पुगेको छ ।