२२ जेष्ठ २०८३, शुक्रबार

देशमा धर्म र जातका नाममा अशान्ति फैलाउने कोशिस भइरहेको छ : केपी ओली

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा धर्म र जातको नाममा अशान्ति फैलाउने प्रति सचेत हुनुपर्ने बताउनुभएको छ ।

बुधबार बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञको समापन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले यस्ता महायज्ञ मार्फत सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउनुभएको हो । ‘देशमा धर्म र जातका नाममा अशान्ति फैलाउने, समाजलाई भड्काउने कोशिस भइरहेकाले यसतर्फ सजग हुनुपर्दछ’, उहाँले भन्नुभयो ।

नेपाल धार्मिक तथा सामाजिक सहिष्णुता भएको देश भएको बताउँदै उहाँले नेपालमा जबै जातजाति, धर्म समुदाय मिलेर बसेको बताउनुभयो । धर्मको नाममा कतिपय देशमा देश नै विभाजित भएका भए पनि नेपालमा धर्म र जात जातिले नै राष्ट्रिय एकता कायम गरेको उहाँको भनाइ छ । ‘सबै धर्म मान्नेहरू एकापसमा मिलेर बसेका छौँ’, ओलीले भन्नुभयो ।

ओलीले पञ्चकोट धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित हुँदै गएकोले यसलाई थप विकसित गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । पञ्चकोटको विकासका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने उहाँको भनाइ छ ।