२६ जेष्ठ २०८३, मंगलबार

आफ्ना कार्यकर्ताले अनुसन्धानलाई प्रभावित पार्न खोजे कारवाही गर्न गृहमन्त्री रविको निर्देशन

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले कुनै पनि अनुसन्धानलाई आफ्ना कुनै पनि कार्यकर्ताले प्रभावित पार्न खोजे कारबाही गर्न निर्देशन दिनुभएको छ ।

आज सिंहदरबारमा पदभार ग्रहण गर्नुहुँदै उहाँले कुनै पनि अनुसन्धानलाई प्रभावित पार्ने काम आफ्नो पार्टीले नगर्ने स्पष्ट पार्नुहुँदै आफ्ना कुनै पनि कार्यकर्ताले अनुसन्धानलाई प्रभावित पार्न खोजे उनीहरुलाई पनि कानुन अनुसार कारबाही गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो ।

आफ्नो नाम लिएर वा आफूसँग खिचेको फोटो देखाउँदै सरुवा र बढुवाको चिर्कटो बोकेर कोही आएमा जानकारी दिन आग्रह गर्नुहुँदै उहाँले त्यस्तो व्यक्तिलाई सिंहदरबार प्रवेशमै रोक लगाउने समेत स्पष्ट पार्नुभयो ।

लामिछानेले सरकारी जग्गा हडप्नेहरुलाई कारबाही गर्ने र सरकारी सम्पत्ति सरकारकै नाममा ल्याउने पहिलो निर्णय पनि गर्नुभएको छ ।