३१ असार २०८३, बुधबार

एकीकृत समाजवादीबाट जोशी र बुढा मन्त्री बन्ने

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । नेकपा (एकीकृत समाजवादी) बाट दुईजना मन्त्री बन्नुहुने भएको छ ।

भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने पक्का भएको हो । जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्नुहुने भएको हो ।

योसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रिमण्डल २० सदस्यीय पुगेको छ । उहाँहरूले आजै शपथ लिँदै हुनुहुन्छ । तीनजना मन्त्रीले भने यसअघि नै विना विभागीय मन्त्रीको शपथ लिइसक्नुभएको छ ।