
काठमाडौं, २३ फागुन । आज विस्तार हुने मन्त्रिमण्डलको शपथ ग्रहण समारोह सरेको छ ।
साँझ ५ बजे हुने भनिएको सपथ ग्रहण अब ५:४५ बजे हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपति भवनमा समय सरेको जानकारी दिएको छ ।
उता, ‘सर्त पुरा गरे मात्रै’ सरकारमा सहभागी हुन सक्ने निर्णय नेकपा एसले गरे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिखेर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाइ वालुवाटारमा कुरिरहनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग कुराकानी गरे पछि मात्रै सपथ ग्रहण समारोहमा सहभागी हुन शीतल निवास जानुहुनेछ । जसका कारण सचिवालय बैठक सकिने बितिक्कै नेकपा एसका अध्यक्ष नेपाल उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल लिएर बालुवाटार हिँड्नुभएको छ ।








प्रतिक्रिया