
काठमाडौं, २३ फागुन । नेपाली काँग्रेसकी नेतृ तथा सभापति शेरबहादुर देउवा पत्नी डा. आरजू देउवा नयाँ दिल्लीबाट रातारात नेपाल फर्कनुएको छ । दुर्गा प्रसाईं भने भारतमै हुनुहुन्छ ।
देउवा हिजो बेलुकी नेपाल एअरलाइन्सको उडानमा पौने ७ बजे काठमाडौं आइपुग्नुभएको बताइएको छ । देउवा बिहीबार दिउँसो भारत जानुभएको थियो ।
यता, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पनि यतिखेर नयाँ दिल्लीमा हुनुहुन्छ। उहाँ शुक्रबार झापाबाट पश्चिम बंगालको सिलगढी हुँदै विमानमा त्यता गएको बताइन्छ ।
उहाँले हिन्दू राष्ट्रका बारेमा आइतबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गर्नुभएको थियो । प्रसाईं नयाँ दिल्लीबाट सिलगढी हुँदै झापा फर्कने कार्यक्रम छ ।








प्रतिक्रिया