६ असार २०८३, शनिबार

बार्यन म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । जर्मन क्लब बार्यन म्युनिख युईएफए च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बार्यनले इटालियन क्लब लाजियोलाई राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा ३–० गोल अन्तरले पराजित गरेको हो ।

म्युनिख समग्रमा बार्यन ३–१ को नजिताका साथ क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । पहिलो लेगमा लाजियोले अन्तिम समयमा पेनाल्टीमार्फत गोल गरेर बार्यनलाई पराजित गरेको थियो । दोस्रो लेगमा भने बार्यनले शानदार प्रदर्शनमार्फत सहज जित निकाल्यो । बार्यनको जितमा हेरि केनले दुई गोल गर्दा थोमस मुलरले एक गोल थपेका थिए ।

केनले ३८ औं मिनेटमा गोल गर्दै बार्यनलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा मुलरले गोल गरेपछि बार्यनले अग्रता दोब्बर बनाएको थियो ।

यस्तै, ६६ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दा बार्यन ३–० को जित निकाल्न सफल भयो । पहिलो र दोस्रो लेगको नतिजाका आधारमा बार्यन म्युनि अन्ततः ३–१ को नतिजाका साज अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो ।