
काठमाडौं, २२ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली धेरै बर्ष पछि माधवकुमार नेपालको निवासमा पुग्नुभएको छ ।
नयाँ गठबन्धन गरी पुष्पकमल दाहाल प्रचण्डको सरकार पुनर्गठन गरेको केही दिनमा एमाले अध्यक्ष ओली नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालको निवासमा पुग्नुभएको हो ।
नेकपा बिभाजन भए पछि ओली नेपाल निवास पुग्नुभएको थिएन । नयाँ गठबन्धनमा सामेल हुनका लागि ओलीले नेपाललाइ आग्रह गर्नुभएको छ ।
साथमा, प्रधानमन्त्री प्रचण्ड र एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेल पनि नेपाल निवासमा पुग्नुभएको थियो ।








प्रतिक्रिया