१ असार २०८३, सोमबार

माधव नेपाल गठबन्धनमा आउन सकारात्मक

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल नयाँ सत्ता गठबन्धनमा आउन सकारात्मक देखिनुभएको छ ।

आज साँझ प्रधानमन्त्री एव्म नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) सँगको भेटवार्तामा नेपाल गठबन्धनमा आउन सकारात्मक हुनुभएको हो ।

नेपालसँग छलफलका लागि प्रचण्ड र ओली नेपालको निवास कोटेश्वरमै पुग्नुभएको थियो । अध्यक्ष ओलीसँगै कोटेश्वर पुग्नुभएका एमाले महासचिव शंकर पोखरेलले वार्ता सकारात्मक भएको र समाजवादी सत्ता गठबन्धन आउने बताउनुभयो ।

‘हामीले उहाँलाई अनुरोध गरेका छौँ। भोलि बैठक बसेर जवाफ दिनुहुने भन्नुभएको छ। सकारात्मक छ। यो प्रक्रियामा सहमत सबै पक्षलाई भनेका छौँ,’उहाँले भन्नुभयो ।