
काठमाडौं, २२ फागुन । प्रधामन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग भेटवार्ता गर्नुभएको छ ।
मंगलबार साँझ नेपालको निवास कोटेश्वरमै पुगेर प्रचण्ड र ओलीले नेपालसँग भेटवार्ता गर्नुभएको हो ।
नयाँ बनेको गठबन्धनमा नेपाललाई पनि ल्याउन फकाउन प्रचण्ड र ओली कोटेश्वर पुग्नुभएको बुझिएको छ ।








प्रतिक्रिया