७ श्रावण २०८३, बिहिबार

‘सुसाइड नोट’ शालिनले नै लेखेको पुष्टि

9.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिनुभएकी १४ वर्षीया शालिन पोखरेलले आत्महत्या गर्नुअघि सुसाइड नोट लेख्नुभएको पुष्टि पुष्टि भएको छ ।

यही फागुन १२ गते मृत फेला पर्नुभएकी शालिनले लेखेको सुसाइड नोट प्रहरीले फेला परेको थियो ।

नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट ‘सुसाइड नोट’ उहाँले नै लेख्नुभएको पुष्टि भएको हो । उहाँले ‘सुसाइड नोट’मा लेख्नुभएको छ, ‘सरी एभ्रिबडी, मैले अहिलेसम्म जति पनि गल्ती गरेँ, मेरो मम्मी बाबालाई याद गर्छु भन्दिनु, आईएम सरी!’

यसअघि पोष्टमार्टम रिपोर्टले पनि उहाँले आत्महत्या नै गर्नुभएको देखाएको थियो । तर उहाँको परिवारले आत्महत्या नभइ बलात्कारपछि हत्या भएको दावी गर्दै आएको छ । उहाँको आज मात्रै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।