२० असार २०८३, शनिबार

नेप्सेमा सत्ता फेरबदलपछि आएको हरियाली एकदिन पनि टिकेन, आज ७० अंकको गिरावट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । सोमबार सर्किट ब्रेक सेयर बजार परिसूचक नेप्सेमा आज ७० अंकको गिरावट आएको छ ।

सोमबार एक सय १७ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से एकदिन पनि टिक्न नसकि मंगलबार ७०.३१ अंकले घटेर २००७.६९ बिन्दुमा कायम भएको हो ।

यसदिन बजारमा १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रूपैयाँमा खरिदबिक्री भए ।
आज बोटलर्स नेपाल बालाजु लिमिटेड नेगेटिभ सर्किटसँगै सर्वाधिक घाटामा रहेको छ ।

कारोबारका आधारमा सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड ४१ करोड ९१ लाख रूपैयाँको कारोबारका साथ शीर्ष स्थानको सूचीमा रह्यो ।