३१ जेष्ठ २०८३, आइतबार

दश दिनपछि शालिनको पशुपति आर्यघाटमा अन्त्येष्टि

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । छात्रावासमा मृत फेला पर्नुभएकी चितवनकी शालिन पोखरेलको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

चितवनको रत्ननगर नगरपालिका – १० टाँडीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत शालिन फागुन १२ गते सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो ।

शालिनको पार्थिव शरीरमा बुबाले दागबत्ती दिनुभएको थियो । शालिनले आत्महत्या गर्नुभएको नभई बलात्कारपछि हत्या भएको परिवारको दावी छ । तर, पोष्टमार्टम रिपोर्टले भने शालिनले झुण्डिएर आत्महत्या गर्नुभएको देखाएको छ ।

आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछिप्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरीले शालिनको सुसाइड नोट पनि फेला पारेको छ । प्रहरीले सुसाइड नोटको पनि परीक्षण गरिरहेको छ ।