
काठमाडौं, २२ फागुन । नेकपा (एमाले) ले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ ।
आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक नियुक्त गर्नुभएको हो । यसअघिका प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलालाई नियुक्त गरिएको हो ।
यस्तै, सचेतकमा सुनिता बराललाई नियुक्त गरिएको छ ।








प्रतिक्रिया