१ श्रावण २०८३, शुक्रबार

बालुवाटारबाट केपी ओलीले गर्नुभयो माधव नेपाललाई टेलिफोन

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्ताको भागबन्डा मिलाउन पुग्नुभएका अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई टेलिफोन गर्नुभएको हो । अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई टेलिफोन गरेर नयाँ गठबन्धनमा सहभागी हुन प्रस्ताव गर्नुभएको बुझिएको छ ।

सोमबार साँझ प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाल निवास कोटेश्वर पुगेर नेपाललाई नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गर्नुभएको थियो । उक्त आग्रह आफ्नो पनि रहेको भन्दै ओलीले नेपाललाई टेलिफोन गरेर जानकारी गराउनुभएको हो ।

आफू आउन नसकेको भन्दै ओलीले नेपालको स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । जवाफमा अध्यक्ष नेपालले गठबन्धनमा सहभागी हुनेबारे छलफल गर्न सकिने बताउनुभएको छ ।