४ असार २०८३, बिहिबार

टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । टियु मैदानमा हुने यो खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

जारी सिरिजमा नेदरल्याण्ड्स ४ खेलमा २ जित र एक खेलको नतिजा नआएपछि ५ अंकसहित शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको छ भने नेपाल ४ खेलमा २ जित हासिल गर्दै ४ अंकसहित दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।

त्यसैगरी नेपाल ४ खेलमा एक जित र एक खेलको नतिजा ननिस्किएपछि ३ अंक हासिल गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ ।

नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।