३० असार २०८३, मंगलबार

माधव नेपाल बिरामी, प्रधानमन्त्री प्रचण्ड भेट्न कोटेश्वरमा

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल विरामी हुनुभएको छ ।

उहाँलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उहाँकै निवास कोटेश्वर पुग्नुभएको छ । नेता नेपालको स्वास्थ्य अवस्था बुझ्न र स्वास्थ्यलाभको कामना गर्न दाहाल कोटेश्वरस्थित निवासमा पुग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल निवासमा दाहाल र माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पुग्नुभएको हो । यद्यपि दाहालले सत्ता साझेदारीका लागि एमालेसँग बनाएको नयाँ गठबन्धनमा नेपाललाई पनि सामेल गराउन चाहिरहेको र फकाउन त्यहाँ पुग्नुभएको बुझिएको छ ।

एमाले माओवादी नयाँ गठबन्धन वामपन्थी एकताको प्रयास समेत भनिएकाले अध्यक्ष नेपाललाई पनि सँगै लैजानुपर्ने दाहालको मत छ ।