आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : रातारात सत्ता समीकरण परिवर्तन, काँग्रेसलाई प्रचण्डको लात्ता !

दैनिक नेपाल २०८० फागुन २१ गते २१:३८

काठमाडौं, २१ फागुन । धरमराइरहेको सत्ता गठबन्धन अन्तत: भत्किएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको एमाले र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको थियो ।

नयाँ गठबन्धनमा माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी रहेका छन् । यसमा गठबन्धनमा आउन चाहने अन्य दललाई पनि समेट्दै लैजाने सहमति भएको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार सदस्यीय मन्त्रिमण्डलसमेत गठन गर्नुभएको छ । जसअनुसार एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्याल विना विभागीय मन्त्री बन्नुभएको छ । उहाँहरूले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित