३० असार २०८३, मंगलबार

नवनियुक्त तीनजना मन्त्रीले लिनुभयो पद तथा गोपनीयताको शपथ

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नवनियुक्त तीनजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूलाई शपथ दिलाउनुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्याललाई मन्त्री नियुक्त गर्नुभएको हो ।

उहाँहरू तीनैजना तत्कालका लागि विना विभागीय मन्त्री नियुक्त हुनुभएको हो ।