१४ असार २०८३, आइतबार

नेपाली राजनीति फेरि केपी शर्मा ओलीको वरिपरी

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेपाली राजनीतिका डायनामिक नेता केपी शर्मा ओलीकै वरिपरि फेरि नेपाली राजनीति आइपुगेको छ ।

काँग्रेससँगको गठबन्धन भत्किएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फेरि एमालेसँगै फर्किनुभएको हो । हुन त प्रचण्डलाई सुरुमा प्रधानमन्त्री नै एमालेले बनाइदिएको थियो ।

एमालेले बनाइदिएको गठबन्धनलाई धोका दिँदै प्रचण्डले काँग्रेससँग घाँटी जोड्नुभएको थियो । अहिले रातारात प्रचण्डले गठबन्धन फेरेपछि काँग्रेस जिल्ल परेको छ । यो गठबन्धन कसरी अगाडि बढ्छ भन्ने चाँहि हेर्न बाँकी छ । तर, जनतामा नयाँ आशा भने पलाएको छ । एमाले सरकारमा जाने भएपछि शेयर बजार रातारात चम्किएको छ ।

नयाँ गठबन्धन अब कसरी अगाडि बढ्छ भन्न अहिल्यै अप्ठेरो छ, तर आगामी चुनावसम्म नै यो गठबन्धन अगाडि जाने सम्भावना छ ।

प्रतिपक्षको भूमिकामा रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि बागचालको खेलमा झैं सरकारको प्रमुख केन्द्रमा ल्याइदिएको छ ।