
काठमाडौं, २१ फागुन । श्रममन्त्री शरदसिंह भण्डारी दुबई भ्रमणमा हुनुहुन्छ ।
उहाँ वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा दुबईको होटल जे डब्लु मेरिएट मरिनामा आयोजना भएको रोजगार मेलामा सहभागी हुन दुवई जानुभएको हो ।
यसैबीच उहाँ दुबईमा रहँदै नेपालमा उहाँको मन्त्री पद गएको छ । नेपालमा सत्ता समीकरण फेदबदलसँगै उहाँको मन्त्री पद पनि गुमेको हो । भण्डारी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीबाट मन्त्री बन्नुभएको थियो ।
मेलामा सहभागी हुन १९ फागुनमा जम्बो टोलीसहित यूएई जानुभएको उहाँको पद नेपाल फर्किन नपाउँदै खुस्किएको हो ।








प्रतिक्रिया