
काठमाडौं, २१ पुस । नयाँ सत्ता गठबन्धनले मन्त्रालय बाँडफाँट टुंग्याउनका लागि ४ सदस्यीय कार्यदल गठन गरेको छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी) सहितका नयाँ गठबन्धन बनेपछि निर्माण हुने सरकारको मन्त्रीमण्डलको संख्या र कार्यबिभाजन टुंग्याउन चार सदस्सीय कार्यदल बनाइएको हो।
जसमा एमालेवाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीवाट सभापति रवि लामिछाने र जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव रहनुभएको छ ।
आज बेलुका ५ बजे नयाँ मन्त्रीहरूको सपथसँगै मन्त्री मण्डलको संख्या र कार्यबिभाजन टुंग्याउने बुझिएको छ ।








प्रतिक्रिया