
काठमाडौं, २१ फागुन । नेकपा (एकीकृत समाजवादी) ले सचिवालयको बैठक बोलाएको छ ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न एकीकृत समाजवादीले सोमबार अपरान्ह ३ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको हो ।
कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसहितको गठबन्धन बनाएपछि एकीकृत समाजवादीले औपचारिक धारणा बनाउन सचिवालय बैठक बोलाएको हो ।
बैठकमा गठबन्धनमा सहभागी हुने नहुनेबारे छलफल हुने बुझिएको छ ।







प्रतिक्रिया