
काठमाडौं, २१ फागुन । नयाँ सत्ता गठबन्धनबाट आज तीनजना मन्त्री नियुक्त हुनुहुने भएको छ ।
सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको हो ।
उहाँहरूलाई तत्कालका लागि बिना विभागीय मन्त्री बनाउन लागिएको जानकारी दिइएको छ । उहाँहरूलाई आजै शपथ गराउने तयारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ मन्त्रीको शपथबारे शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी समेत गराउनुभएको छ ।















प्रतिक्रिया