४ असार २०८३, बिहिबार

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले लिए शपथ

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

संघीय संसद भवनको लहोत्से हलमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालसमक्ष उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

आइतबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसद कार्यकाल सकिएर बिदा हुनुभएको थियो । रिक्त २० जनाको पदमध्ये १९ जनाले शपथ लिनुभएको हो । उहाँहरु गत ११ माघमा निर्वाचित हुनुभएको थियो ।

रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहराले शपथ लिनुभएको हो ।

एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुनुहुनेछ ।