२३ असार २०८३, मंगलबार

साफ यू–१६ महिला फुटबल : नेपाल र भुटान भिड्दै

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । जारी साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले भुटानको सामना गर्दैछ ।

ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपरान्ह ३ बजेदेखि सुरु हुनेछ । यसअघि सम्पन्न आ–आफ्नो पहिलो खेलमा नेपाल र भुटानले हार बेहोरेका छन् ।

भुटानले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७–० को हार बेहोरेको थियो भने नेपालले बंगलादेशसँग २–० को हार बेहोरेको थियो ।

यस प्रतियोगितामा नेपाल र भुटानसहित भारत र बंगलादेश गरी चार देशले भाग लिएका छन् ।

प्रतियोगितामा मंगलबार भारत र बंगलादेश खेल्दै छन् भने बिहीबार नेपाल र भारत तथा शुक्रबार बंगलादेश र भुटान खेल्ने तालिका रहेको छ । त्यसपछि शीर्ष २ देशले आइतबार फाइनल खेल्ने तालिका रहेको छ ।