आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : सत्ता समीकरण फेरबदलको संकेत, शालिनको बलात्कार होइन आत्महत्या

दैनिक नेपाल २०८० फागुन २० गते २१:३३

काठमाडौं, २० फागुन । सत्ता गठबन्धन गम्भीर संकटमा पुगेको अनुमान गरिएको छ ।

राष्ट्रियसभा निर्वाचनमा कोशीमा काँग्रेसले माओवादीलाई धोका दिएपछि बढेको तित्तता गठबन्धन ब्रेकसम्मै पुग्ने संकेत देखिएको छ । यसैबीच प्रधानमन्त्री प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल तीव्र पार्नुले पनि यो आशंकालाई थप मलजल गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले आजमात्रै एमाले अध्यक्ष ओलीसँग बिहान र साँझ दुई पटक छलफल गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि छलफल गर्नुभयो ।

प्रधानमन्त्रीले विपक्षी दलहरूसँग छलफल तीव्र रूपमा अगाडि बढाएपछि काँग्रेसमा हलचल सुरू भएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित