
काठमाडौं, २० फागुन । नेकपा (एकीकृत समाजवादी) दैलेखका दुईजना केन्द्रीय सदस्यसहित ३८ जना नेकपा (एमाले) मै फर्किनुभएको छ ।
एमाले जिल्ला कमिटी दैलेखले दुल्लुमा आयोजना गरेको पार्टी समायोजन कार्यक्रममा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य बरुनाथ योगी, केन्द्रीय सदस्य तथा पूर्वसांसद पार्वती विशुंके लगायत ३८ जना हुनुहुन्छ ।
एकीकृत समाजवादीका पालिकादेखि केन्द्रीयस्तरका नेता–कार्यकर्ता एमालेमा नै फर्किनुभएको हो । उहाँहरूलाई नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गर्नुभएको हो ।
सचिव भट्टले आजको दिन माधवकुमार नेपाल ननिदाउने बताउनुभयो। एमाले फर्कने क्रम बढ्दो अवस्थामा रहेको र अब एमाले पहिलो शक्तिको रुपमा स्थापित हुने उहाँले बताउनुभयो।
कार्यक्रममा स्थायी कमिटी सदस्य यामलाल कँडेल पोलिटब्युरो सदस्य लक्ष्मी पोख्रेल लगायत केन्द्रीय सदस्य र नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया