२४ जेष्ठ २०८३, आइतबार

एमाले अध्यक्ष ओली, रास्वपा सभापति लामिछानेसहितसँग प्रधानमन्त्रीले गरे छलफल

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज साँझ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्रीसँग छलफलका लागि ओली र रवि छुट्टाछुट्टै बालुवाटार पुग्नुभएको थियो । गठबन्धनभित्र काँग्रेससँग खट्पट चलिरहेका बेला प्रधानमन्त्रीले विपक्षी नेताहरूसँग गर्नुभएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

आजै बिहान मात्रै पनि प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो । यो दौडधूपले सत्ता समिकरण परिवर्तन हुन सक्ने आँकलन गरिएको छ ।