
काठमाडौं, २० फागुन । राजधानीमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिक क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा आज लिग चरणको अन्तिम खेलमा नेदरल्यान्ड्स र नामबियाबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालले उपाधिका लागि नेदरल्याण्ड्सको सामना गर्ने पक्का भएको हो ।
आज नामिबिया र नेदरल्यान्ड्सले १–१ अंक बाँडे । नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ ।
दोस्रो भएको नेपालको ४ अंक छ । बराबरीपछि नामिबियाको ३ अंक मात्र भयो ।







प्रतिक्रिया