शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : गठबन्धनमा खट्पटका बेला झलनाथको दौडधूप, शालिनलाई न्याय देउ !

दैनिक नेपाल २०८० फागुन १९ गते २१:४६

काठमाडौं, १९ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

खनालले विशेषगरी कम्युनिष्ट एकताकाबारेमा दुई नेतासँग छलफल गर्नुभएको बताइएको छ । यस्तै उहाँहरूबीच कम्युनिस्ट एकताको समस्या र सम्भावनाको बारेमा, देशको वर्तमान अवस्थाको बारेमा र अन्य समसामयिक विषयमा कुराकानी भएको थियो।

सत्ता गठबन्धनमा खट्पट चलिरहेका बेला खनालले दुई नेतासँग भेट गर्नुभएको हो । पछिल्लो पटक गठबन्धनमा माओवादी र काँग्रेसबीच खट्पट भइरहेको छ । जसले गर्दा गठबन्धन टुट्ने हो कि भन्ने आशंका पनि भइरहेका छन् ।

यही बेला खनालको दौडधूप कम्युनिष्ट एकताका लागि भएको हुन सक्ने बताइएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित