शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : एक सिट पनि नभएकाको प्रधानमन्त्री बन्ने इच्छा, बालेनसँग सांसद आक्रोशित

दैनिक नेपाल २०८० फागुन १८ गते २१:३९

काठमाडौं, १८ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न नसक्ने अवस्था रहेको बताउनुभएको छ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन समुद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ओलीले संविधान र कानुनमा व्यवस्था नभएको अवस्थामा समेत केही मानिसहरू आफू प्रधानमन्त्री बन्छु भन्दै हिँडेका टिप्पणी गर्नुभएको हो । ‘राष्ट्रिय मान्यता प्राप्त नगरेका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफू किन नहुने भन्ने पर्दो हो’, ओलीले भन्नुभयो ।

माधव नेपालप्रति कटाक्ष गर्नुहुँदै अध्यक्ष ओलीले अहिले पार्टी र संसदमा एक सिट पनि नभएको व्यक्ति समेत प्रधानमन्त्री बन्छु भन्दै हिँडेको अवस्था रहेको भन्दै कटाक्ष गर्नुभएको हो । ‘यहाँ त संसदमा पनि भएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री बन्छु भनेर पनि हिँड्छ’, ओलीले भन्नुभयो । एमाले त्यस्ता भित्र पर्ने पार्टी नभएको ओलीले स्पष्ट पार्नुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित