२२ असार २०८३, सोमबार

१ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाको सोमपालले लिए पहिलो विकेट

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको जारी तेस्रो खेलमा नेपालले नामिबियाको पहिलो विकेट गिराएको छ ।

१ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाका मलान क्रुगरलाई व्यक्तिगत ३ रनमा सोमपालकामीले आउट गर्नुभएको हो । १.३ ओभरमा क्रुगर आउट हुनुभएको हो । क्रुगरले मिडविकेटमा गुल्शन झालाई सहज क्याच दिनुभयो । उहाँ आउट हुँदा नामिबियाको स्कोर ११ रन मात्र थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर नामिवियाले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । निर्धारित २० ओभरको खेलमा नेपालले ८ विकेट गुमाएर १सय ८० रन बनाएको थियो ।

३७ बलको सामना गरेका कुशल मल्लले अर्धशतकीय पारी खेल्नुभयो । यस्तै, आरिफ शेखले ३१ रनको योगदानगर्दा गुलसनझाले २६ रन, ओपनर अनिल साहले २३ रन, दीपेन्द्रसिंह ऐरीले १६ र कप्तान रोहितपौडेलले १० रन जोड्नुभयो । अर्का ओपनर आसिफ शेख दुई बलको सामना गरी एक रन बनाउँदै पेभेलियन फर्किनुभयो ।

नामिबियाका बलर बेनसिकोंगोले सर्वाधिक तीनविकेट लिनुभयो । । ज्याकब्रासेलले पनि दुई विकेट हात पार्नुभयो । रुबेन ट्रम्पलम्यान, जन निकोल लफ्टीएटन र बेनार्ड स्कोल्जले समानएक/एक विकेट लिनुभयो । नामिवियाले पाँच ओभरको खेल सकिँदा एक विकेट गुमाएर ३४ रन बनाएर खेलिरहेको छ ।

नेदरल्यान्ड्सले पहिलो खेलमा नेपाल र दोस्रो खेलमा नामिबियालाई हराएको थियो । त्यसैले नेपालमा जारी शृंखलाको फाइनलमा पुग्ने सम्भावना जिवित राख्न आजको खेलमा नामिबियालाई हराउनैपर्ने दाबाबमा छ ।