९ असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : काम गर्न नसक्दा प्रधानमन्त्री बेचैन, संसद छिरेका पीडित रिहा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ले सरकारले अपेक्षित काम गर्न नसक्दा आफू बेचैन भएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै उहाँले आफू नेतृत्वको सरकारले सोचेअनुसार काम नभएकोमा ‘बेचैनी’ बढेको बताउनुभएको हो ।

‘मैले तेस्रो पटक सरकारको नेतृत्व सम्हाल्दै गर्दा सुशासनको पक्ष, सामाजिक न्याय र समृद्धिको पक्षमा नयाँ संकल्पका साथ हामी सबैले काम गर्नुपर्छ भनेर जोडतोडले भनेका थियौँ, सुरुमा बडो उत्साहको साथ अगाडि पनि बढेका थियौँ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘झन्डै एक वर्षसम्म मोटामोटी ढंगले हामी ठिकठिकै ढंगबाट जान्छौँ भन्ने स्थिति थियो । तर, अहिले यो समीक्षासम्म आउँदा मेरो बेचैनी बढेको छ ।’

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–