३० असार २०८३, मंगलबार

नामिबियामाथि नेदरल्याण्डस् ५९ रनले विजयी

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । नेदरल्याण्डसले नामिबियालाई ५९ रनले पराजित गरेको छ ।

जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत खेलमा नेदरल्याण्डस ले दिएको २४८ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएपछि खेल ५९ रनले जितेको थियो। यस अघि पहिला ब्याटिङ गर्दै माइकल लेभिटको आक्रामक १३५ रनको शतकीय पारी र सिब्राण्ड एंगेलब्रेचटको ७५ रनको मद्धतले नेदरल्याण्डस ले २४७ रन बनाएको थियो ।

जारी सिरिजमा नेदरल्याण्डसको दोस्रो जित हो । यसअघि नेदरल्याण्डसले नेपाललाई २ रनले पराजित गरेको थियो। त्यस्तै नामिबियाको भने २ खेलमा यो पहिलो हार हो । नामिबियाले पहिलो खेलमा नेपाललाई पराजित गरेको थियो ।

अब सिरिजको अर्को खेल शुक्रबार नेपाल र नामिबियाबीच हुँदैछ ।