
काठमाडौं, १६ फागुन । न्यूरोड टिम (एनआरटी) जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।
एनआरटीको जितमा संजीव विष्टले २ गोल गर्नुभएको थियो भने विवेक गुरुङले एक गोल गर्नुभयो । अब एनआरटीले फाइनलमा मछिन्द्र क्लब र मानेभन्ज्याङ एफसीबीचको विजेतासँग खेल्ने छ ।
फाइनल खेल आगामी शनिबार हुदै छ ।















प्रतिक्रिया