१९ असार २०८३, शुक्रबार

एमाले बर्दियाको जिल्ला अधिवेशन वैशाख १४ गते

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, १७ फागुन । नेकपा (एमाले) बर्दियाको जिल्ला अधिवेशन आगामी वैशाख १४ गते देखि सुरु हुने भएको छ ।

एमाले जिल्ला कमिटि बर्दियाको बुधबार बसेको नवौँ बैठकले जिल्ला अधिवेशन वैशाख १४, १५ र १६ गते गर्ने निर्णय गरेको हो ।

बैठकले वैशाख ३ गते जिल्ला भरी प्रतिनिधि छनौट गर्ने निर्णय गरेको छ । प्रतिनिधि छनौट पश्चात वैशाख १४ गते देखि अधिवेशन सुरु हुने एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो ।

बैठकले अधिवेशनको तयारीका लागि विभिन्न समिति र उपसमिति बनाएको छ । अधिवेशनको प्रतिनिधि छनौटको मापदण्ड र क्षेत्रको निर्णय गरिएको छ ।

अध्यक्ष श्रेष्ठले पार्टीले हरेक पालिकादेखि नै राजनीतिक प्रतिवेदन तयार गर्ने बताउनुभयो । अधिवेशनलाई भव्य, सभ्य र पद्धति अनुसार सञ्चालनका लागि तोकिएको जिम्मेवारी र दायित्व सबैलाई बहन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एमाले पोलिटव्युरो सदस्य एवं बर्दिया जिल्ला इन्चार्ज लिला गिरीले सबैलाई दशौ जिल्ला अधिवेशनको तयारीमा लाग्न निर्देशन दिनुभयो । उहाँले अधिवेशन सफलता पूर्वक सम्पन्न गर्नका लागि सबैलाई आ-आफ्नो जिम्मेवारी पूरा गर्नका लागि निर्देशन दिनुभयो । उहाँले अधिवेशनलाई पारदर्शी तरिकाले निश्पक्ष रुपमा सहमतिको आधारमा निर्विरोध रुपमा नेतृत्व चयन गर्ने, सहमति हुन नसके हातेमालो गरेर स्वच्छ प्रतिस्पर्धामा अधिवेशन सम्पन्न गर्ने बताउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले यथास्थीतीवादी, प्रतिक्रियावादी र मुलुकको स्थिरता नचाहने तत्वलाई एमाले घाँडो भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेलाई जसरी पनि तलपार्ने, साईजमा राख्नु पर्छ भन्ने हिसाबले उनीहरु लागेका छन् ।’

कार्यक्रममा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्य लक्ष्मण ज्ञावली, शोभा ज्ञावली, भीम केसी, खड्कबहादुर खड्का, एमाले निर्वाचन आयोगका सदस्य विमला विक, प्रदेश कमिटी सहसचिव लिला रानालगायत प्रदेश सदस्यहरु उपस्थित हुनहुन्थ्यो ।