३१ जेष्ठ २०८३, आइतबार

१४ औँ राष्ट्रपति रनिङ शिल्ड वैशाख ४ देखि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । १४ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी वैशााख ४ गतेदेखि सञ्चालन हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिताको मिति निर्धारण गरेको हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रतियोगिता २०८१ साल वैशााख ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

अहिले जिल्लास्तरीय खेलकुद सकिएर प्रदेशस्तरका प्रतियोगिताहरू भइरहेका छन् । त्यहाँबाट छनोट भएका खेलाडीहरूले राष्ट्रिय प्रतियोगिता खेल्ने छन् । अहिले ७५३ वटै स्थानीय तहबाट खेलाडी छनोट भइसकेको राखेपले जनाएको छ ।

प्रतियोगिताको समुद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आमन्त्रण गर्ने राखेपले निर्णय गरेको छ ।