२१ जेष्ठ २०८३, बिहिबार

टी-२० सिरिजमा आज नामिबिया र नेदरल्यान्ड्स भिड्दै

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्सबीच खेल हुँदैछ ।

त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।

जारी सिरिजमा नामिबिया र नेदरल्याण्डसले एक एक खेल जितेका छन् । दुवैले नेपालविरुद्धका खेल जितेका छन् ।

सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो भने नेदरल्यान्ड्सले नेपालमाथि २ रनको जित हासिल गरेको थियो ।

आइसीसीको टी-२० वरियतामा तीन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११ औं स्थानमा रहेको छ भने नेदरल्यान्ड्स १५ औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६ औं स्थानमा रहेको छ ।