२१ जेष्ठ २०८३, बिहिबार

केपी ओली कपको सेमिफाइनलका खेल आज

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । जारी केपी ओली फुटबल कप अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुँदैछ ।

सेमिफाइनलका दुवै खेल दशरथ रंगशालामा हुनेछ । पहिलो सेमिफाइनल खेल बिहान ११ः३० बजे जावलाखेल युथ क्लब र एनआरटी क्लबबीच हुनेछ ।

जावलाखेलले केपी ओली एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने एनआरटीले थ्रीस्टारलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै अर्को सेमिफाइनल खेल अपराहन्न ३ बजेदेखि मछिन्द्र क्लब र मानेभन्ज्याङ एफसीबीच हुँदैछ ।

मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

त्यस्तै मानेभन्ज्याङले दिल्ली एफसीलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।