१४ असार २०८३, आइतबार

साम्बाले वाफको फाइनल नखेल्ने

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । सावित्रा भण्डारी साम्बा साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा नखेल्ने भएकी छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्रा फ्रेन्च क्लबसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएकी हुन् ।

एन्फाले सावित्रालाई क्लबले फिफा विन्डो अन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा बिहीबार हुने फाइनल खेल फिफा विन्डो पछि हुने हुनाले सावित्रा फाइनल खेलमा उपलब्ध नहुने भएको जानकारी दिएको छ ।

फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो । बिहीबार जोर्डनविरुद्ध हुने फाइनल खेलमा सावित्रा नखेल्ने भएकी हुन् ।

फाइनल खेल बिहीबार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।

सावित्राले जारी वाफ प्रतियोगितामा सर्वाधिक ९ गोल गरेर सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन् ।