२२ असार २०८३, सोमबार

गठबन्धन खरानीको डल्लो हो, भिजे पनि फुट्छ, सुके पनि फुट्छ : अध्यक्ष ओली

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई खरानीको डल्लोको संज्ञा दिनुभएको छ ।

बुधबार बिहान सुनसरी जाने क्रममा विरटनगर विमानस्थलमा पत्रकासरहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धन खरानीको डल्लो सुक्यो भने पनि फुट्छ । भिज्यो भने पनि फुट्छ । यसको कुनै अर्थ छैन ।’

उहाँले अहिले सरकार फेर्ने खेलमा एमाले नलाग्ने स्पष्ट पार्नुभयो । उहाँले एमाले मिसन ८४ मा लागेको भन्दै अहिले सरकारको विषय प्राथमिकतामा नरहेको बताउनुभयो ।

उहाँले कांग्रेस महासमिति बैठकबाट संविधान संशोधनको ब्याक फायर गरेको बताउनुभयो । संविधान के का लागि किन र के संशोधन गर्ने स्पष्ट हुनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।

उहाँले कांग्रेस अहिले प्रतिगामी सोचका साथ अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेले प्रतिगमनका लागि साथ दिनु पर्ने ?’