
रौतहट, १६ फागुन । नेपाली जनता दलका नेता तथा राष्ट्रवादी गणतन्त्रिक मोर्चाको केन्द्रीय सल्लाहकार श्रवण माझी आमजनता पार्टीमा प्रवेश गर्नुभएको छ ।
बुधबार काठमाडौंस्थित पार्टी अध्यक्ष प्रभु साहको निवासमा नेता माझी विधिवत रुपमा आमजनता पार्टीमा प्रवेश गर्नुभएको हो ।
नवप्रवेशी नेता माझीलाई पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले खादा ओढाएर टिका लगाएर स्वागत गर्दै उज्जवल राजनीतिक भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो ।








प्रतिक्रिया