
मकवानपुर, १६ फागुन । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य रामकुमार तितुङको निधन भएको छ ।
मंगलबार दिउँसो बकैया-७, मामदमारस्थित आफ्नै घर अगाडि बिजुलीको पोलबाट लडेर गम्भीर घाइते हुनुभएका तितुङको उपचारको क्रममा आज बिहान निधन भएको हो ।
गम्भीर घाइते हुनुभएका तितुङलाई बकैयामा प्राथमिक उपचारपछि हेटौंडास्थित चुरेहिल हस्पिटल र त्यसपछि नयाँ मेडिकल कलेज भरतपुरमा लगिएको थियो ।
उहाँको आज बिहान भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको स्थानीयले जानकारी दिएका छन् ।
तितुङ गत स्थानीय निर्वाचनमा नेकपा (एमाले)बाट बकैया-७ को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ एमाले बकैया-७ को वडा सचिवसमेत हुनुहुन्थो ।








प्रतिक्रिया